अत्याधिक गर्मी बढेपछी लमहिका बिद्यालयहरुमा चार दिन बिदा – Buletnews
अत्याधिक गर्मी बढेपछी लमहिका बिद्यालयहरुमा चार दिन बिदा
  • बुलेट न्युज

दाङ : लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।

नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो।हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ। साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्