नेपालगन्ज उपमहानगरपालिकाको बजेट एक अर्ब ७६ करोडको – Buletnews
नेपालगन्ज उपमहानगरपालिकाको बजेट एक अर्ब ७६ करोडको

विकासको परम्परागत ढाँचाभन्दामाथि उठेर प्रविधिमैत्री, समावेशी, उत्तरदायी र मानवीय सहर निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत

  • बुलेट न्युज

 नेपालगन्ज: बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको बुधबार सुरु भएको नगरसभाको १९औं अधिवेशनमा नगर सभाका अध्यक्ष तथा उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८३-८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको अनुमानित आयव्ययसँगै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

सो बजेटमा उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट शसर्त अनुदान ६८ करोड, ६२ लाख, वित्तीय समानीकरण अन्तर्गत २७ करोड २८ लाख, राजस्व बाँडफाँटबाट १८ करोड, घर जग्गा रजिट्रेसनबाट १४ करोड, आन्तरिक आय २५ करोड प्राप्त हुने जनाइएको छ ।

यसैगरी विशेष अनुदान दुई करोड ६९ लाख, समपुरक अनुदान प्रदेश र सङ्घ गरेर दुई करोड ३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९३ लाख ५२ हजार, राजस्व बाँडफाँट दुई करोड १५ लाख, शसर्त अनुदान तीन करोड १४ लाख र वित्तीय समानीकरण एक करोड ९३ लाख रुपियाँ प्राप्त हुने प्रमुख विष्टले बताए ।

यसैगरी, जनसहभागिताबाट २५ लाख, आन्तरिक आय २५ करोड, आन्तरिक आय मौज्दात १० करोड, मनोरञ्जन कर ५० लाख र विज्ञापन कर तीन लाख रहने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्नुअघि नगर सभामा नगर प्रमुख विष्टले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले उपमहानगरपालिकाले एक वर्षमा गर्ने विभिन्न नीतिगत कार्यहरू प्रस्तुत गरे ।

उनले विकासको परम्परागत ढाँचाभन्दामाथि उठेर प्रविधिमैत्री, समावेशी, उत्तरदायी र मानवीय सहर निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरे । अधिवेसनमा नगर सभाका सदस्यहरू, वडाध्यक्षहरू तथा उपमहानगरपालिकाका कार्यकारी प्रमुख मानबहादुर बम लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्