२०८२/०८३ मा समितिले सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, दक्ष कामदार -निकुञ्ज भित्र), रोलर, ग्रेडर अपरेट को १ हजार ८० रहेकोमा आर्थिक बर्ष २०८३/०८४ का लागि १ हजार १ सय ४० तय गरेको छ । त्यस्तै, २०८२/०८३ मा अर्धदक्ष कामदार, ढल सफा गर्ने ज्यामी, कुल्लीको ज्याला ९ सय ८० रहेकोमा १ हजार ३५ तय गरेको छ ।
जिल्ला दररेट कुनै बजार मूल्य निर्धारण गर्ने सूची नभई सरकारी कामकारबाहीमा एकरूपता कायम गर्न तयार गरिने आधिकारिक सन्दर्भ दर हो । यसका आधारमा सरकारी निकायहरूले विकास निर्माण, सम्पत्ति मूल्याङ्कन, कर निर्धारण, मुआब्जा, ठेक्का लागत अनुमान लगायतका विभिन्न कार्य सम्पादन गर्ने गर्छन् ।
जिल्ला दररेट हरेक आर्थिक वर्ष सुरु हुनुअघि वा सुरु भएसँगै अद्यावधिक गरिन्छ । बजार मूल्य, श्रमिक ज्याला, ढुवानी खर्च, इन्धनको मूल्य तथा स्थानीय आर्थिक अवस्थालाई ध्यानमा राखी सम्बन्धित समिति वा निकायको सिफारिसका आधारमा नयाँ दररेट लागू गरिन्छ ।
सम्बन्धित सरकारी कार्यालय तथा स्थानीय तहहरूले अब नयाँ आर्थिक वर्षका योजना, निर्माण कार्य, लागत अनुमान तथा अन्य सरकारी प्रयोजनका काममा यही दररेटलाई आधार बनाएर कार्य अघि बढाउनेछन् ।











