नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध( समाचार अपडेट:बन्द सडक खुल्यो) – Buletnews
नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध( समाचार अपडेट:बन्द सडक खुल्यो)

अवरुद्ध सडक केही समयमा खुल्ने अपेक्षा

  • बुलेट न्युज

सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडकमा सवारीको चाप बढ्नसक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ।

अवरुद्ध सडक केही समयमा खुल्ने अपेक्षा गरिएको छ, तर वर्षा र चापका कारण यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरी र सडक विभागले आग्रह गरेका छन्।

समाचार अपडेट:बन्द सडक खुल्यो 

जलवीरे भन्ने स्थानमा आज (आइतबार) बिहानै  तीन सवारीसाधन एकआपसमा ठोकिँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलाइएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ८:१५ बजे सूचना जारी गरी ठोकिएका तीन सवारीसाधन पन्छाएर नारायणगढ-मुग्लिन सडकमा यातायात खुलाइएको जनानकारी दिएको हो।

दुर्घटनामा ८ जना घाइते भएको जानकारी पनि सडक डिभिजन भरतपुरले दिएको छ।

सडक खुलेपछि जारी सूचनामा भनिएको छ, ‘कृपया हतार नगरीकन सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्