बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प – Buletnews
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
  • बुलेट न्युज

बझाङ:  बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्