मल लिन सीमापारि धाएका किसान जेलमा, सरकार आश्वासन बाँड्नमै व्यस्त – Buletnews
फेसबुकमा मलैमल !
मल लिन सीमापारि धाएका किसान जेलमा, सरकार आश्वासन बाँड्नमै व्यस्त

किसानको खुसी लिएर आयो २५० टन मल ! फेसबुकमा मात्र मलको कुरा, किसानसम्म कहिले आइपुग्छ ?

  • बुलेट न्युज

काठमाडौँ: धानमा हाल्ने मल लिन भारत गएका दुई नेपाली किसान भारतीय जेलमा थुनिएको तीन हप्ता नाघिसकेको छ।

सर्लाहीको बलरा-५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह गएको असार १७ गते भारतको सोनवर्षा पुगेका थिए। बोरामा मल लिएर फर्कँदै गर्दा उनीहरूलाई भारतीय शसस्त्र सीमा बल ९एसएसबी० ले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई हाल सीतामढी जिल्लाको डुमरा कारागारमा राखिएको छ।

उनीहरूको रिहाइका लागि सरकारले पहल गरिरहेको छ। दिल्लीस्थित नेपाली दुतावासले आवश्यक पहल गरिरहेको जनाइए पनि उनीहरू छुट्न सकेका छैनन्।

सीमापारीकै भर ?

सुरेश र नागेन्द्र दाजुभाइ हुन्। मल तरस्करीको आरोप लागेका उनीहरूलाई भारतीय वकील लगाएर जेलबाट छुटाउन एक लाखभन्दा बढी पैसा खर्चनुपरेको परिवारजनको गुनासो छ। उनीहरू व्यापारी होइनन्, किसान हुन्।

नेपाली किसानले आफ्नो खेतमा हाल्ने रासायनिक मल लिन सीमापार धाउनुपर्ने बाध्यतासँगै कानुनी झञ्झटमा फस्नुपरेको छ। यसले नेपाली किसानको पीडालाई थप स्पष्ट पारेको छ।

अहिले बर्खा मौसम। त्यसमा पनि धानखेतीको समय चलिरहेको छ। यही वेला हो, किसानलाई धेरै मल चाहिन्छ। वर्षभरीमा सबैभन्दा धेरै मल खपत हुने सिजन पनि यही हो।

तर हरेक वर्ष मलको अभाव किसानको नियति जस्तै बनेको छ भने मलको व्यवस्थापन सरकारको टाउको दुखाइ बन्दै आएको छ।

सरकारले भारत हुँदै अनुदानित मल ल्याएर किसानलाई बिक्री गर्ने गरेको छ। तर कुनैपनि वर्ष छैन, जुन वर्ष किसानले पर्याप्त मल सहजै पाएका हुन्।

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी प्रतिकुलता, विपद्जन्य घटनासँगै सिँचाइ सुविधा, गुणस्तरीय बिऊ, कृषियन्त्र तथा प्रविधिको अभावमा उत्पादन अपेक्षितरूपमा बढाउन सकेका छैनन्।

त्यसमा पनि सहज र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध नहुँदा धानखेती गर्ने किसानले बर्सेनी सास्ती खेप्नुपरेको छ। यही सास्तीबीच सीमावर्ती क्षेत्रका किसान भारतीय बजारतिर मुख ताक्ने गर्छन्।

धेरथोर मल त्यताबाट ल्याएर काम चलाउनु किसानहरूको बाध्यता नै हो। यही बाध्यताबीच सिंह दाजुभाइ भारतको जेलमा फसेका हुन्।

फेसबुकमा मलैमल !

यता सरकार भने हरेक दिनजसो मल ल्याइरहेको सूचना सामाजिक सञ्जालमा प्रचार गर्न व्यस्त देखिन्छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाली किसानलाई मल अभाव हुन नदिन मल आपूर्ति गरिरहेको जनाएको छ। मन्त्री गीता चौधरीको सचिवालयको फेसबुक पेजमा लगातार मल आउँदै गरेको, लोड भइसकेको, भित्रिसकेको जस्ता सूचनाहरू आइरहन्छन्।

किसानका लागि निरन्तर पहल, थप रासायनिक मल कलकता बन्दरगाह हुँदै नेपाल भित्रिँदै भन्दै प्रचार भइरहेको छ।

आपूर्ति प्रक्रिया तीव्र पारिएको भन्दै मन्त्रालयले मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन तथा स्टिङ अपरेसनदेखि मन्त्रीबाटै मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको जनाएको छ।

जुलाई १५ मा मन्त्री चौधरीको सचिवालयले ३० हजार मेट्रिक टन डीएपी, विशाखापट्टनम र २७ हजार मेट्रिक टन डीएपी कोलकता बन्दरगाहमा आएर नेपाल आउने प्रक्रियामा रहेको जनायो। यस्तैगरी जीटुजी अन्तर्गतको थप डीएपी मल जुलाई १९ मै कोलकाता आइपुग्ने बताइयो। यस्तैगरी ६० हजार मेट्रिक टन युरिया मल लोड गरिएका जहाजहरू साउन १ मै कोलकता आइपुग्ने कार्यक्रम थियो।

कृषि उत्पादन वृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वय तीव्र बनाएको भन्दै गर्दा धेरै ठाउँका किसान मल बिना नै धान रोपाइँ गरिरहेका थिए।

विभिन्न जिल्लामा किसानहरूले मल नपाएको, पाएका किसानले पनि एक दुई किलोमात्र पाएको गुनासा गरे। सरकारले भने मल आईरहेको र किसानलाई दिइरहेको दाबी गर्न छाडेन।

जुलाई १७ मा मन्त्री चौधरीको सचिवालयले ग्लोबल टेण्डरमार्फत ल्याएको ३० हजार टन मल कोलकाता आइपुगेको र त्यसमध्ये १२ सय ५० टन नेपालतर्फ ढुवानी सुरु भएको जानकारी फेसबुक पेजमार्फत सार्वजनिक गर्‍यो।

त्यहाँ उल्लेख गरिए अनुसार उक्त मल चार दिनभित्र नेपाल आइपुग्ने अनुमान थियो। बाँकी मलको प्याकेजिङ तीव्र गतिमा भइरहेको र नेपाल भित्रिने भनिएको छ।

त्यसको दुई दिनपछि ९जुलाई १९० मा मन्त्री चौधरीको सचिवालयले अर्को ‘खुशीको खबर’ सेयर गर्‍यो। ‘नेपालका लागि ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइपुगेको छ र हाल अनलोङि र व्यागिङ भइरहेको हुँदा भोलि एक रेक वीरगञ्जका लागि लोडिङ गर्ने तयारी भइरहेको छ।’

किसानको खुसी लिएर आयो २५० टन मल ! 

जुलाई २० मल कुरिरहेका किसानका लागि थप खुसी लिएर आयो। रासायनिक मल आपूर्ति निरन्तर जारी भन्दै मन्त्रीको सचिवालयले २५० टन डीएपी विराटनगर भन्सारमा आइपुगेको जानकारी गरायो।

त्यसका अलावा १२५० टन मल बोकेको रेल साउन ५ गते ९गत मंगलबार० आइपुग्ने मात्र नभई थप २५०० टन डीएपी लिएर अर्को रेल नेपालतर्फ हिंडिसकेको र ३० हजार टन युरिया ढुवानीको प्रकृया अन्तिम चरणमा पुगेको किसानलाई थाहा दिइयो।

दुई दिनअघि ९जुलाई २१० मा फेरी मन्त्री चौधरीको सचिवालयले ‘नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ’ भनि प्रचार गर्‍यो।

निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको भन्दै सोमबार नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन डीएपी बोकेको रेल बुधबार नेपाल आइपुग्ने जानकारी गराइयो।

यसका साथै अर्को २,५०० टन डीएपी लोड गरेको रेल हिजो ९साउन ६ गते० नै नेपाल आइपुग्ने सम्भावना रहेको बताइएको छ।

आइपुग्ने जानकारीसँगै युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको जानकारी दिएर किसानलाई आश्वस्त पार्ने प्रयास गरिएको छ।

रासायनिक मलको आपूर्ति थप सुदृढ भन्दै २२ घण्टा अगाडि मन्त्री चौधरीको सचिवालयको फेसबुक पेजमा अर्को पोस्ट आयो। जसमा ‘रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो, २,५०० मेट्रिक टन थप रेलमार्फत आउँदै’ भनी धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको उल्लेख छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी ९डाइ–अमोनियम फस्फेट० मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने जनाइएको छ।

यसैबीच विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको र थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै गरिएको सचिवालयले जनाएको छ ।

यस्तै भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू हिजो नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिने बताइएको छ।

फेसबुकमा मात्र मलको कुरा, किसानसम्म कहिले आइपुग्छ ?

माथि उल्लेख गरिएका जानकारीहरू हेर्दा किसानले मलका लागि कुनै दुस्ख भोग्नुपर्ने अवस्था छैन जस्तै देखिन्छ। तर अहिले पनि मलको अभाव र खेतमा हाल्नैपर्ने दबाबका बिच किसान फसिरहेका छन्।

मन्त्री गीता चौधरीको सचिवालयले मलको आपूर्तिको सम्बन्धमा गराएको जानकारीसहितको पोष्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता बुद्धि प्रकाश चौधरी ‘फेसबुकको भित्ताभरि मलैमल, किसानको घरमा शून्य छ, कति भ्रमको खेती गर्छौ’ भनी लेख्छन्।

अर्का टिप्पणीकर्ता चन्द्रनाथ चौधरीले फेसबुकमा मात्र मलको कुरा हुन्छ, किसानसम्म कहिले आइपुग्छ रु भनी सोधेका छन्। नरेन्द्र नरेश नामका फेसबुक प्रयोगकर्ताले यो बर्षा जे हुनु भइहाल्यो, अर्को वर्ष समयमा पाउनुपर्‍यो भनी टिप्पणी गरेका छन्।

उनीहरूजस्तै राजेशबाबु लेख्छन् फेसबुकमा मात्र हेर्ने होरु मल हाम्रो खेतमा हाल्नुपर्दैन दाङमा त सबै किसान मल नपाएर दुस्खी छन् त १ यस्तैगरी कृतिका चौधरी जति मल आए पनि किसानले पाउने १०-१२ किलो हो फेसबुकमा मात्र मल आउँछ भनी लेख्छिन्।

रिसभ रजक नामका फेसबुक प्रयोगकर्ताले मल जति आए पनि गरिब किसानले पाउने केही होइन क्यारे भनी दुखेसो पोखेका छन्।

मल ल्याइरहेको, किसानलाई दिइरहेको सरकारको दाबी र मल नपाएर छटपटिएका किसानको पीडाले मुलुकभित्रै रासायनिक मलको कारखाना स्थापना कहिले हुन्छ भन्ने प्रश्न उत्तिकै बढेको छ। अर्कातिर रासायनिक मलको विकल्पबारे पनि चर्चा चुलिएको छ।

कृषिमन्त्री चौधरीले पनि प्राङ्गारिक मल दीर्घकालीन प्राथमिकता नभएको तर एकै पटक घटाउन नसकिने बताएकी छिन्।

‘दीर्घकालीन रुपमा हाम्रो प्राथमिकता भनेको रासायनिक मल होइन। तर एकैचोटी घटाउन सकिँदैन। यसको लागि दिगो व्यवस्थापनमा काम गरौं भन्ने समितिसँग मेरो प्रस्ताव छ’, संसदीय समितिमा मन्त्री चौधरीले भनिन्, ‘जैविक मलका लागि हामीले यसपटक बजेट राखेका छौँ। लाखमा होइन यसपटक करोडमा बजेट राखेका छौँ। करोडबाट अर्ब बनाउने लक्ष्यका साथ अघि बढेका छौँ।’

अहिले सरकारसँग कति छ मल ?

सरकारले गत वर्ष ९आर्थिक वर्ष २०८२र८३० मा मल आपूर्तिको वार्षिक लक्ष्य ६ लाख मेट्रिक टन राखेको थियो। बर्षभरी मल आपूर्ति बढाएर ६ लाख टन पुर्‍याउने लक्ष्यसहित सरकारले २८ अर्ब ८२ करोड १४ लाख बजेट छुट्याएको थियो।

गतबर्ष साउन १ देखि असार २४ गतेसम्म नेपालमा ५ लाख ६१ हजार ४९३ टन मल भित्रियो। विनियोजित बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल खरिद गरि ल्याएर बिक्री गर्दै आएको छ। सातै प्रदेशमा कोटा प्रणाली अन्तर्गत संघबाट मल जान्छ र सहकारीहरूमार्फत किसानसम्म मल पुग्छ।

तर मल वितरण व्यवस्थित हुन नसक्दा किसानले मलको उपलब्धता सहज हुने बेलामा पनि सहजै मल पाउन सक्दैनन्। गतवर्षभरिमा अघिल्लो वर्षको बाटोमा रहेको परिमाण सहित कृषि सामग्रीले ४ लाख १ हजार ९८६ र साल्टले १ लाख ५९ हजार ५०७ टन मल भित्र्यायो।

सरकारसँग असार २४ गतेसम्म ९२ हजार ५९२ टन मल मौज्दात रहेको विवरण कृषि मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्