नेपाली भजन ‘स्वागतम्’ बजारमा – Buletnews
नेपाली भजन ‘स्वागतम्’ बजारमा
  • बुलेट न्युज

काठमाडौँ : नेपाली भजन ‘स्वागतम्’ बजारमा आएको छ। नातिकाजी महर्जन र दीपा महर्जनको स्वर रहेको अष्टलाल महर्जनको संगीत र रचनामा संगीतकार शिव शाहीको संगीत संयोजन रहेको ब्रह्म ऋषिहरुको स्वागत भजन आज म्ह्यैपी मन्दिर परिसरमा विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ।

उक्त भजन सार्वजिक कार्यक्रममा वाद्यसम्राट न्हुच्छेबहादुर डंगोल र काठमाडौँ महानगरपालिका १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले भजनका रचनाकार संगीतकार अष्टलाल महर्जनलाई दोसला ओढाएर सम्मान गरेकी थिइन्।

उक्त भजनको छायांकन,सम्पादन तथा निर्देशन राजेन्द्र डंगोलले गरेका छन्।

मन्दिर परिसरमा विराजमान म्ह्यैपी अजिमालाई हामी शरीरको कान्ति, मुहार सुन्दर बनाइदिने विशेेष सौन्दर्यसँग सम्बन्धित देवीको  रूपमा चिन्छौँ ।
हाम्रो काठमाडौं उपत्यकाको सुरक्षाका लागि स्थापित श्री अष्टमातृका अर्थात् प्रमुख अजिमामध्ये म्ह्यैपी अजिमा पनि विशेष मानिन्छिन्।

यहाँ वर्षमा एकपटक तान्त्रिक विधिअनुसार सुख समृद्धि स्वस्थ र शरीरको सौन्दर्यको निम्ति धुमधामसँग पूजाआजा सहितको जात्रा मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्