बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थायी घर भएका २४ वर्षीय श्याम बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको एक रुखमा झण्डिएर आत्महत्या गरेका हुन् ।

तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा उनी फेला परेका थिए । उनले कतिबेला आत्महत्या गरे त्यो प्रहरीलाई यकिन छैन ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष मिनकुमार चौधरीका अनुसार श्यामले शुक्रबार राति प्रहरी तालिम केन्द्र नजिकै एक रुखमा झुण्डिएको अवस्थामा भेटिएको र शनिबार घरमा ल्याएर आईतबार(आज) दाहसंस्कार गरिएको बताए ।

मृतक श्यामका छिमेकी समेत रहेका वडाअध्यक्ष मिनकुमारका अनुसार सामान्य परिवारका श्याम तीन भाईमध्ये माइलो हुन्, बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन् ।

शुक्रबार ड्युटीमा रहेका उनी कार्यरत प्रदेश प्रहरी तालिम केन्द्रको उत्तरपूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको एक रुखमा झुण्डिएर श्यामले आत्महत्या गरेका हुन् ।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिमपश्चात प्रदेश प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम थियो ।

शुक्रवार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै छेवैमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।