पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।
तुइन खोलामा पहिरो फाल्दै सवारी सञ्चालन
मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिक पहिरो फाल्दै सवारी नियमित सञ्चालन भइरहेको सडक डिभिजन भरपुरले जनाएको छ ।
सुख्खा पहिरो नियमित झरेपछि साइटमा तैनाथ मेसिनले सफा गर्दै आवागमन सुचारू रहेको सडक डिभिजनले जनाएको हो ।











