अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु ,तीन दर्जन घाइते – Buletnews
अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु ,तीन दर्जन घाइते

तीनको अवस्था गम्भीर, एक जनाको रेफर

  • बुलेट न्युज

 

सालझण्डी -सन्धिखर्क-ढोरपाटन सडक खण्डमा भएको दुर्घटनामा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र २० जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ती तीनको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् ।

मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।

दुर्घटनामा घाइते हुने यात्रुहरूलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । सन्धिखर्कबाट सञ्चालित लङ्का यातायात प्रा.ली.को गाडीमा  प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए ।

 

प्रतिक्रिया दिनुहोस्