चितवन: नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ।
गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ।
पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ।
यसअघि बिहान ७ बजे पनि पुलनजिकै पहिरो खसेको र आधा घण्टाभित्र कार्यालयले पहिरो हटाएर यातायात सुचारु गरेको थियो।
गत मंगलबारदेखि सोही स्थानमा ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो। गत बिहीबार पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भए पनि आज पुन: सो स्थानमा पहिरो झरेको हो। यसले दशैँ मनाउन घर हिँडेकाहरु अलपत्र परेका छन्।











