मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालनमा – Buletnews
मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालनमा
  • बुलेट न्युज

चितवन:  मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो ।

चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले चालकलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्