जापान जान हिँडेकी सरस्वतीको काठमाडौं नपुग्दै गयो ज्यान – Buletnews
जापान जान हिँडेकी सरस्वतीको काठमाडौं नपुग्दै गयो ज्यान

बिहानको समयमा तीव्र गतिको गाडी मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना

  • बुलेट न्युज

डोटि: डोटीको दिपायल सिलगढी नगरपालिका १ की १८ बर्सिया सरस्वती खड्काको शनिवार कपिलवस्तुमा भएको बस दुर्घटनामा परी मृत्यु भएको छ ।

जापानको भिसा आइसकेकोले सरस्वती शुक्रवार बिहानै दिपायलबाट धनगढीका हिँडेकी थिइन् । उनी सोही दिन धनगढीबाट रात्रि बस चढेर काठमाडौँका लागि हिँडेकी थिइन् । उनी सोमबार जापानका लागि उड्ने तयारीमा रहेको उनका आफन्तहरूले जानकारी दिएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस शनिवार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटना भएको थियो । सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
बिहानको समयमा तीव्र गतिको गाडी मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्