सल्यान: सल्यानमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका –८ ज्वालापुरस्थित खलङ्गाबाट सुनचौरतर्फ जाँदैगरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार घाइते हुनेहरुमा चालक शारदा, ८ आरा बस्ने बर्ष २७ का सुरेन्द्र कंवरको अवस्था गम्भीर छ । अन्य घाइतेहरुमा शारदा, ८ कै वर्ष ७२ कि भोटीकुमारी बुढाथोकी, वर्ष १७ का कुलबहादुर बुढा, वर्ष ७१ का लालबहादुर भण्डारी, वर्ष २१ कि मञ्जरी राना, उहाँकी पाँच महिनाकी छोरी एलिशा रहेका छन ।
अन्य घाइतेहरुमा शारदा, १४ का २६ वर्षीय सुशील कंवर, ४८ वर्षीय भूपबहादुर बिक रहेका छन भने घाइतेहरुको जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । दिउँसो साढे १ बजेतिर जिप अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।











