यी सडक अझै अवरुद्ध – Buletnews
यी सडक अझै अवरुद्ध
  • बुलेट न्युज

काठमाडौँ : वर्षासँगै बाढीपहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडक अझै अवरुद्ध छन्।

पासाङ ल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईँकुण्ड गाउँपालिका-२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेसीमा पहिरोका कारण आवतजावत बन्द छ। यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवा र भोटखोला गाउँपालिका- ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन्।

रसुवाको गोसाईँकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्