बैजनाथ सामाजिक उद्यमी सहकारीले वितरण गरयो ३.४ प्रतिशत नगद लाभांश – Buletnews
बैजनाथ सामाजिक उद्यमी सहकारीले वितरण गरयो ३.४ प्रतिशत नगद लाभांश

असार मसान्तमा २ करोड १५ लाखको कारोवार रहेको सहकारीको पहिलो त्रैमाससम्म पुग्दा २ करोड ३० लाख कारोवार

  • बुलेट न्युज

बैजनाथ,बाँके:बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था बैजनाथ – ४ ले आफना सेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/०८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट ३.४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । असोज २४ गते सम्पन्न पाँचौ साधारण सभाले दिएको म्याण्डेट अनुसार सहकारीले अफना शेयर सदस्यहरुलाई ३.४ प्रतिशतका दरले लाभांश वितरण गरेको हो ।

सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा खुद मुनाफा ६ लाख ३६ हजार पाँच सय अन्ठानब्बे गर्न सफल भएकोमा बिभिन्न १० वटा कोषहरुमा निमानुसार मुनाफा बाँडफाँट गर्दा शेयर सदस्यहरुको शेयर लाभांश कोषमा १ लाख ४२ हजार २ सय उनासि भाग परेको थियो । गत बर्ष यो कोषमा १ हजार ४ सय एघार रहेको र यस बर्षको योगफललाई शेयर सदस्यहरुको शेयर अनुपात अनुसार नगद लाभांश वितरण गरिएको संस्थाका प्रबन्धक प्रमोद रिजालले वताए ।

बैजनाथ सामाजिक उद्यमी महिला सहकारीको ३८ औं  बैठकको निर्णयले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो । सभाले पारित गरेपछि नगद लाभांश वितरण गरिएको हो संस्थाका अध्यक्ष कमला बुढाले वताईन । उनले १ हजार ५ सय ४५ शेयर सदस्यको कुल शेयर ४२ लाख ३१ हजार ९ सय रकमको अनुपातमा शेयर लाभांश वितरण गरिएको प्रष्ट पारेकी छिन ।

चालु बर्षको पहिलो त्रैमासमा सहकारीको बित्तीय विवरणले सकारात्मक सर्किट हासिल गर्दै शेयर पुंजि ४५ लाख ७८ हजार पाँच सय कायम गराउन सफल भएको छ भने सहकारीको चुक्ता पुंजि ४८ लाख १३ हजार ६ सय सैंतिस रुपैया रहेको छ । यस अबधिमा सहकारीको कुल बचत १ करोड ८६ लाख २ हजार ३ सय छब्बिस पुगेको अध्यक्ष बुढाको भनाई छ । यो वचत रकम असार मसान्तको तुलनामा ७३ लाख ५ हजारले बृद्धि भएको उनले भनिन । अध्यक्ष बुढाका अनुसार यस अवधिमा उठाउन बाँकी कर्जा १ करोड ८४ लाख पुगेको छ यो असार मसान्तको तुलनामा २० लाखले बृद्धि हो । यसैगरि सहकारीको कारोवारमा समेत बृद्धि भएको छ असार मसान्तमा २ करोड १५ लाखको कारोवार रहेको सहकारीको पहिलो त्रैमाससम्म पुग्दा २ करोड ३० लाख कारोवार पुगेको सहकारीले जनाएको छ ।

सहकारीले यसै अबधिमा ३ हजार पाँच सय ९० केजि वरावरका १ सय १० वडा खसीवोका बिक्रि वितरण समेत गरेको छ । खसीबोका बिक्रि वितरणको कारोवार १९ लाख ७५ हजार रहेको वताईएको छ । सहकारीले यस बर्षदेखि मलखाद, उन्नत खसीबोका पोषण दाना वितरण कार्यक्रम लन्च गर्ने योजनामा रहेको छ भने आफना शेयर सदस्यहरुलाई उद्यमशिलतातर्फ लैजान पहिलो बर्षका सदस्यहरुलाई १ लाख सम्म र त्यसपछिका सदस्यहरुलाई ३ लाख सम्म बिनाधितो कर्जा प्रबाह गरि लगानिलाई १ करोडले बृद्धि गर्ने योजना बनाएको छ । धितोमा आधारित कर्जाहरु ७ कार्यदिनमा आफना शेयर सदस्यहरुमाझ पुग्ने गरि १० लाख सम्मका धितोमा आधारित कर्जाहरु पनि यस बर्षदेखि लागु गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्