विपिन जोशीको शव आज नेपाल ल्याईदै – Buletnews
विपिन जोशीको शव आज नेपाल ल्याईदै
  • बुलेट न्युज

काठमाडौं:  नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ ।
इजरायली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्