आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन – Buletnews
आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने

  • बुलेट न्युज

बाँके:  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्