पहिलो संस्करणको एनपिएल एकदमै विशेष रहेको सोहेलले उल्लेख गरे । उनले भने, ‘पछिल्लो सिजन एकदमै स्पेशल रह्यो । मैले एन्जोइ गरे । ड्रेसिङ रुम, ग्राउण्ड, क्राउड, समर्थक सबै मेरा लागि एकदमै विशेष रह्यो । नयाँ सिजनको एनपिएलमा चितवन राइनोजबाट खेल्न एकदमै उत्साहित छु ।’
सोहेलले पहिलो सिजनको एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सिजनभर सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा थिए । उनले ८ खेलबाट १४ विकेट लिएका थिए । सोहेलले सन् २००७ देखि २०१७ सम्म पाकिस्तानको राष्ट्रिय टिमबाट खेलेका थिए । पाकिस्तानबाट उनले ६२ टी–२०आई, ५७ ओडिआई र २ टेष्ट खेलेका छन् ।











