आज हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना – Buletnews
आज हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
  • बुलेट न्युज

बाँके: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्