प्रहरी भन्छ खगेन्द्र सुनारलाई कानुन बमोजिम कारबाही हुन्छ – Buletnews
प्रहरी भन्छ खगेन्द्र सुनारलाई कानुन बमोजिम कारबाही हुन्छ

मान्छे को हो, कस्तो हो भनेर हामीले हेर्ने होइन, पक्राउ पुर्जी जारी भएको छ भने कानूनबमोजिम कारबाही गर्छौँ: प्रहरी

  • बुलेट न्युज

यससँगै सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ पुर्जी जारी गरिएको जोकोही व्यक्तिलाई पक्राउ गर्नु प्रहरीको नियमित कार्य भएको बताए ।

मान्छे को हो, कस्तो हो भनेर हामीले हेर्ने होइन, पक्राउ पुर्जी जारी भएको छ भने कानूनबमोजिम कारबाही गर्छौँ’, उनले भने ।

‘सुनारविरुद्ध पनि विभिन्न जिल्लामा मुद्दा रहेको र दुई जिल्लाबाट पक्राउ पुर्जी नै जारी गरिएको अवस्थामा प्रहरीले के गर्छ ?’  भन्ने प्रश्नमा डीआईजी घिमिरेले भने, ‘कानूनबमोजिम कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्