उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन – Buletnews
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन

षष्ठीको साँझ दिइने अर्घ्यलाई ‘सन्ध्या अर्घ्य’ र बिहान दिइने अर्घ्यलाई ‘उषा अर्घ्य’

  • बुलेट न्युज

बाँके : बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य  दिएपछि छठ सम्पन्न भएको हो।

कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय खाए’ विधिबाट शुरु हुने छठ सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुने विधि छ। यसअघि छठको मुख्यदिन षष्ठीको साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

षष्ठीको साँझ दिइने अर्घ्यलाई ‘सन्ध्या अर्घ्य’ र बिहान दिइने अर्घ्यलाई ‘उषा अर्घ्य’ भनिने ‘द स्पिरिट अफ छठ फेस्टिवल’का लेखक जीवेश झाले बताए।

प्रतिक्रिया दिनुहोस्