पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु – Buletnews
पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु

ईभी भ्यान सडक बाट १ हजार ५ मिटर तल तल खसेको थियो

  • बुलेट न्युज

पाल्पा: पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको ईभी भ्यान १० बजे छहरा बजार बाट मेहलढाप तर्फ लागेको छहराका स्थानीयवासीले बताएका छन् । घटना साढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साढे १ बजे भएको स्थानीयवासी ईश्वर ज्ञवालीले बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी अनुसार इभी भ्यानमा चालक सहित ३ जना सवारी रहेको उनीहरूलाई घटनास्थल बाट उद्धार गरि अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले बताए ।

स्थानीयवासीले भने घटनास्थलमा ३ जनाको मृत्यु भएको बताएका छन् । दुर्घटनामा मृत्यु हुनेको भने सनाखत भएको छैन । ईभी भ्यान सडक बाट १ हजार ५ मिटर तल तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्