काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना १ को मृत्यु ५ घाईते – Buletnews
काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना १ को मृत्यु ५ घाईते

पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो

  • बुलेट न्युज

बाँके: पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन्।

पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो । दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्