मोन्थाको प्रभाब कम हुँदै, यस्तो छ, आज राति र भोलिको सम्भावित मौसम – Buletnews
मोन्थाको प्रभाब कम हुँदै, यस्तो छ, आज राति र भोलिको सम्भावित मौसम

भोलि दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने

  • बुलेट न्युज

बाँके:जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने बताएको छ।

महाशाखाका अनुसार भारतमा रहेको मोन्था चक्रवातको प्रभाव अबदेखि कम हुने भएको हो।

मौसम महाशाखाले भनेको छ, ‘बंगालको खाडीमा विकसित चक्रवात मोन्था भारतको छत्तीसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ।’

यस्तो छ, आज राति र भोलिको सम्भावित मौसम: 

आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश र मधेस प्रदेश प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

भोलि दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ। कोसी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्