नेपाल आज अमेरिकासंग सामना गर्दै,खेल बिहान सवा ११ बजे देखि शुरु हुने – Buletnews
नेपाल आज अमेरिकासंग सामना गर्दै,खेल बिहान सवा ११ बजे देखि शुरु हुने
  • बुलेट न्युज

काठमाडौं :आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अमेरिकासँग खेल्दै छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान सवा ११ बजे खेल शुरु हुनेछ।

जारी शृङ्ख​लामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार भोगेको थियो। त्यस्तै दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्