तुलसीपुर कारागारबाट भागेका १ सय ५५ जना कैदीबन्दी पक्राउ, ७६ जना अझैं फरार – Buletnews
तुलसीपुर कारागारबाट भागेका १ सय ५५ जना कैदीबन्दी पक्राउ, ७६ जना अझैं फरार

फरार हुनेमा कर्तव्यज्यान,लागुऔषध, जबरजस्ती करणी,डाँका चोरी लगायतका अपराधमा संलग्न

  • बुलेट न्युज

फरार रहेका कैदीबन्दीमध्ये ७३ जना कैदी र ३ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार हुनेमा कर्तव्यज्यान,लागुऔषध, जबरजस्ती करणी,डाँका चोरी लगायतका अपराधमा संलग्न भएका छन् ।

प्रहरीले अन्य जिल्लामा रहेका कारागारबाट भागेर दाङ आएका २४ जना कैदीबन्दीलाई समेत पक्राउ गरेर सम्बन्धित जिल्लास्थित कारागार कार्यालय पठाएको छ । फरार रहेका कैदीबन्दीको खोजीका लागि विशेष टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्