बाँके: नेकपा (एमाले) बाँके क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताले ध्वस्त भएको पार्टी कार्यालय पुनर्निर्माणका लागि उल्लेखनीय सहयोग गरेका छन्।
‘मेरो पार्टी कार्यालय म बनाउँछु’ भन्ने अभियानको क्रममा क्षेत्रका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत आम्दानी, वृद्धभत्ता तथा घरपालुवा जनावर बिक्री गरी संकलन गरेको रु. १० लाख (दस लाख) रकम पार्टीलाई हस्तान्तरण गरिएको संयोजक कुस्माखर बश्यालले जानकारी दिए।
उनका अनुसार बाँकी केही रकम पनि केही दिनभित्र संकलन भई सार्वजनिक गरिनेछ। बश्यालले सहयोगमा सहभागी सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै उक्त अभियानले पार्टीभित्रको संगठनात्मक एकता, प्रतिबद्धता र समर्पणको उदाहरण प्रस्तुत गरेको बताउए।











