नेपाल पत्रकार महासंघ बाँकेद्वारा नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान – Buletnews
नेपाल पत्रकार महासंघ बाँकेद्वारा नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान
  • बुलेट न्युज

बाँके: नेपाल पत्रकार महासंघ बाँकेले नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ । आइतबार शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको वैठकले पत्रकारहरुलाई सामाजिक संजालको  ‘विवेकपूर्ण प्रयोग’ गर्न पनि सचेत गराएको छ ।

“पछिल्लो समय पत्रकारिताको सिद्धान्त विपरित मनोमानी र अभद्र शैलीमा पत्रकारिता आचारसंहिताको हुर्मत लिने गरी भइरहेका गतिविधिलाई नेपाल पत्रकार महासंघ बाँकेले गम्भिरतापूर्वक लिएको छ । यो परिस्थितिमा सम्पूर्ण साधारण सदस्य तथा क्रियाशिल पत्रकारहरूलाई नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सचेत गराउने निर्णय गरिएको छ,” शाखा सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

साथै सामाजिक सञ्जालको ‘विवेकपूर्ण प्रयोग’ का लागि आह्वान गर्ने निर्णय गरिएको छ ।” यस्तै वैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाको एभरेष्ट बैंक नेपालगन्ज शाखामा रहेको मौज्दात रकम दुई वर्षको लागि मुद्दती निक्षेपमा राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्