बाँकेमा रुकमेलीहरुले जोगाउदै सिद्ध साइँकुमारी मेला’ – Buletnews
बाँकेमा रुकमेलीहरुले जोगाउदै सिद्ध साइँकुमारी मेला’

बाँकेको राप्तीसोनारी स्थित टिकुलिपुरमा पनि मंगलबारदेखी सिद्ध साइँकुमारी मेलाको आयोजना

  • बुलेट न्युज

“सिद्ध साइँकुमारी मेला संस्कृतिको संरक्षण गर्दै आपसी एकता र सामाजिक सद्भावको लागि मेला आयोजना गरिएको छ”, उनले भने, “मन्दिरलाई थप व्यवस्थित गर्दै सिद्ध साइँकुमारी मेला परम्परालाई नेपालगञ्जमा स्थापित गर्न हामी लागि परेका छौं”

नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठिपुरस्थित सिद्ध साइँकुमारी देवी भगवती मन्दिर परिसरमा सुरु भएको यो मेला एउटा धार्मिक पर्व मात्र नभएर रुकुमबाट बसाइ सरेर आएकाहरूको आपसी एकता र सामाजिक सद्भावको कडी भएको वलीको भनाइ छ ।

सोमबारदेखि सुरु भएको यो मेलामा दिनभर विशेष पूजाआजा हुने गरेको छ भने रातभर रुकुमको लोक संस्कृति झल्किने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।

मेला हेर्नका लागि स्थानीयको बाक्लो उपस्थिति रहने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव शम्भु नाथ बताउँछन् । यो मेला बुधवार रातिसम्म सञ्चालन हुने जानकारी उनले दिए ।

सिद्ध साइँकुमारी मेलाले आफ्नो मौलिक परम्परालाई जीवन्त राख्दै नयाँ पिँढीलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी हुने गरेको उनको भनाइ छ । मेलामा बाँके जिल्लाका अन्य स्थानीय तहबाट सर्वसाधारणको सहभागिता हुने गरेको छ ।

यसै गरि बाँकेको राप्तीसोनारी स्थित टिकुलिपुरमा पनि मंगलबारदेखी सिद्ध साइँकुमारीको मेला आयोजना गरिएको छ । राप्तिसोनारिका उपाध्यक्षद्वारा उदघाटित मेला भोलि बिहिवार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

मेलामा दिउस विभिन्न खेलकुदका कार्यक्रम तय गरिएको छ भने रात्रीको समयमा रुकमेली कला संस्कृती संरक्षण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्