नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि तोकेको विदेशी मुद्राको बिनियम दर यस्तो छ – Buletnews
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि तोकेको विदेशी मुद्राको बिनियम दर यस्तो छ
  • बुलेट न्युज

काठमाडौं:  नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

राष्ट्र बैङ्कले आजका लागि तोकिएको विनिमय दरलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्