दाङ कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला – Buletnews
दाङ कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला

देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिए

  • बुलेट न्युज

 

जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको शव आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्