आज देशभरको मौसम सफा रहने – Buletnews
आज देशभरको मौसम सफा रहने
  • बुलेट न्युज

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्