कस्तो रहला आजको मौसम – Buletnews
कस्तो रहला आजको मौसम
  • बुलेट न्युज

बाँके: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने छ । रति पनि यही क्रम जारी रहने महाशाखाले जनाएको छ ।

सोमबार भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्