बाँके: नेपालगञ्जमा बाँके जिल्ला स्तरीय ‘नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज’ सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले गरेका थिए । कार्यक्रमको अध्यक्षता देउसी भैली समूहका संयोजक कविराम बुढाथोकीले गरेका थिए ।
प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगन सिंह थापा प्रथम, दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठ चौथो भएका छन् । यसैगरी इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनश खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो भए । जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अन्शु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो भएका छन् । यसैगरी जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो भएका छन् । जुनियर सी क्याटेगरीमा सुप्रभात केसी प्रथम, अर्जित बर्मा दोस्रो, कौश्तुब चलाउने तेस्रो तथा शाश्वत केसी चौथो भएका छन् ।
साइकलिष्टहरूले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट प्रतियोगिता आयोजना गरिएको हो । नेपालगञ्ज-१ तेजनगरमा अवस्थित भेलोसोलुसन नेपालगञ्ज पम्प ट्रयाकमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगञ्ज बाइसाइकलले गरेको थियो भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ संघ बाँकेले गरेको थियो ।
नेपालको दोस्रो तथा ठूला पम्प ट्रयाक नेपालगञ्ज पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता संचालन हुन लागेको कार्यक्रम संयोजक गगन थापाले बताए । युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको थियो । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न द फार्म हाउस अफ म्युजिक, इभी नेपाल, ओम एडभरटाइजिङ्ग, लाइक माइन्ड, चौलानी बुक्स, नेपालगंज स्वास्थ्य पोलिक्लिनिक प्रालि तथा नेपालगञ्ज साइक्लिङ क्लबले सहयोग गरेको आयोजकले जनाएको छ ।











