बाँके: राप्ती सोनारी ८ शमशेरगञ्जमा तीन दिनसम्म श्री गंगामाला देउती बजै मङ्सिर पूर्णिमा मेला लाग्ने भएको छ। मङ्सिर १७ गतेदेखि १९ गतेसम्म विगतका दिन झैँ यो वर्ष पनि मेला लाग्ने भएको छ।
दिनभर खेलहरू भलिबल, ब्याडमिन्टन र रातको समयमा स्थानीय कलाकारदेखि लिएर राष्ट्रिय स्तरका कलाकार, विद्यार्थीहरूको नृत्य, झाग्री नाच, रुक्मेली सिंगारु नाचहरुको बिजोड प्रस्तुति हुनेछ।
स्थानीय कला संस्कृतिको संरक्षण सम्बद्धरण तथा धार्मिक पर्यटन तथा व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सधैँ झैँ यो वर्ष पनि मेला लाग्ने मेला व्यवस्थापनका समितिका अध्यक्ष हर्क बहादुर बिष्टले बुलेट न्युजलााा बताए ।











