कोहलपुरमा तेस्रो प्याब्सन नगरस्तरीय रनिङशील्ड, अपहेलनामा परे पत्रकार – Buletnews
कोहलपुरमा तेस्रो प्याब्सन नगरस्तरीय रनिङशील्ड, अपहेलनामा परे पत्रकार

नगर प्याबसनले आयोजना गरेको कार्यक्रममा नगरकै पत्रकारहरुलाई अबहेलना, आबश्यकता नै महसुस गरिएन

  • बुलेट न्युज

कोहलपुर, बाँके :  संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन कोहलपुरले आयोजना गरेको तेस्रो नगरस्तरीय रनिङशील्ड खेलकुद प्रतियोगिता २०८२ कोहलपुरको न्युरोडस्थित खुला मैदानमा उदघाटन गरिएको छ ।

खेल उदघाटनका अबसरमा फितलो ब्यबस्थापन र गैर जिम्मेवार ब्यक्त्तिले जिम्मेवारी बोक्दा कोहलपुरका अधिकांश पत्रकारहरुलाई निम्ता नदिएर अबहेलना गरिएको बताईएको छ । एक पत्रकारले आफ्नो आबश्यकता नगर प्याबसनले नगरेकै कारण आफू उक्त कार्यक्रममा जान नसकेको बताए ।

खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकास सुदृढ गर्दै उनीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराख्ने, कोहलपुरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने, र नगरलाई खेलमैत्री सहरको रूपमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ तर अभिभाबकले भने आफ्नो ढाड सेकिएको बताएका छन ।

प्याब्सन  कोहलपुरका अध्यक्ष रमेश खत्रीको  अध्यक्षतामा  प्रमुख अतिथी  लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका  थिए । कार्यक्रममा  बोल्दै  प्रा. डा. ढकालले खेलकुद कुनै अतिरिक्त गतिविधि नभई जीवनशैली र अनुशासन हुने बताए। उनले भने “विद्यालयस्तरमै खेलकुदलाई प्राथमिकतामा राख्न सके मात्र उत्कृष्ट खेलाडी उत्पादन हुन्छ। खेलले विद्यार्थीमा शिस्त, नेतृत्व क्षमता, सहकार्य, निर्णय क्षमता र आत्मविश्वास विकास गराउँछ। कोहलपुरले खेलकुदका माध्यमबाट आफूलाई चिनाउँदै जानु सकारात्मक परिवर्तनको संकेत हो।” उपकुलपतिले खेलकुदसँगै शिक्षामा पनि गुणस्तरीय सुधार आवश्यक रहेको बताउँदै प्याब्सनले यस्ता कार्यक्रमले समग्र शैक्षिक वातावरणलाई प्रभावकारी बनाउने उल्लेख गरे।

विशिष्ट अतिथी कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले प्रतियोगिताले नगरलाई खेलकुदको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने— “नगरपालिकाले खेलमैत्री वातावरण निर्माण, मैदान व्यवस्थापन र खेलकुद सम्बन्धी पूर्वाधार विस्तारमा निरन्तर लागिरहेको छ। विद्यालयबाटै खेल सुरु हुँदा भविष्यको खेल नेतृत्व मजबूत बन्छ।”

विशेष अतिथिहरू लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेल्टिल गौतम, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक प्रसाद विश्वकर्मा, राष्ट्रिय परीक्षा बोर्ड कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारी, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्त लगाएतले खेलकुदले विद्यार्थीलाई अनुशासित, सक्षम र सिर्जनशील बनाउने भन्दै कार्यक्रमको सफलताको शुभकामना प्रकट गरे।

अतिथिहरूले आधुनिक शिक्षामा पाठ्यपुस्तकसँगै खेल, सिर्जनशीलता, निपुणता र भलाइका गतिविधि अनिवार्य रहेका भन्दै प्याब्सनले निरन्तरता दिएको रनिङशील्ड प्रतियोगिता नगरकै गौरव बनेको उल्लेख गरे।

प्रतियोगितामा एथलेटिक्स, फुटबल र भलिबल मुख्य खेलको रूपमा सञ्चालन हुनेछ। – माध्यमिक तह : भलिबल  र– आधारभूत तह : फुटबल रहेका छन । एथलेटिक्स : दौड, जम्प, थ्रो तथा अन्य उपविधाहरू प्रतिस्पर्धा निष्पक्ष, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले प्राविधिक टिम, निर्णायक, सुरक्षादल तथा स्वास्थ्य टोली परिचालन गरिएको आयोजकले जनाएको छ। यस वर्ष प्रतियोगितामा जम्मा २८ विद्यालय सहभागी छन्। – १९ माध्यमिक विद्यालय – बाँकी आधारभूत तहका विद्यालय जसमा गरी करिब २,००० विद्यार्थी खेलाडी विभिन्न खेलविधामा प्रतिस्पर्धा गर्न उपस्थित हुनेछन्। विद्यालयहरू विद्यार्थी समूह, झन्डा र खेल पोशाकसहित मैदानमा प्रवेश गर्दा उद्घाटन समारोहै खेलमहोत्सव जस्तै हुने अपेक्षा गरिएको छ।

प्याबसन नगर  सचीव मित्र वललिको सहजिकरणमा आयोजित  कार्यक्रममा  अध्यक्ष रमेश खत्रीले रनिङशील्ड प्रतियोगिता प्याब्सन कोहलपुरको मात्र कार्यक्रम नभई सिङ्गो नगरको गौरव बनेको बताए। उनले भने “हामीले खेलकुदलाई निरन्तरता दिने मात्र होइन, अझ व्यवस्थित, थप विस्तारित र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनाउन पनि लाग्नेछौँ। कोहलपुरका विद्यार्थीले भविष्यमा देश र विदेशमा नेपालको पहिचान बनाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ।” अध्यक्ष खत्रीले  प्रतियोगितामा सहभागी सबै विद्यालय, अभिभावक, शिक्षक तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्