नेकपा एमालेको आगामी अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी दर्ता – Buletnews
नेकपा एमालेको आगामी अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी दर्ता
  • बुलेट न्युज

काठमाडौं:  नेकपा एमालेको आगामी अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

महासचिव पदका लागि भने वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । शंकर पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षबाट मैदानमा उत्रिएका छन् ।

दुवै पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा हुनुहुन्छ भने ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनसहित उम्मेदवार बनेका छ्न  ।

हिजोबाट सुरु भएको एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । महाधिवेशनमा सहभागी २,२६३ प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्