कस्तो रहला आज मंगलवारको मौसम – Buletnews
कस्तो रहला आज मंगलवारको मौसम
  • बुलेट न्युज

बाँके: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्