देशै भरी बढ्यो चिसो सतर्कता अपनाउन सरोकारवलाको सुझाव – Buletnews
देशै भरी बढ्यो चिसो सतर्कता अपनाउन सरोकारवलाको सुझाव

बिहान ५:४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस

  • बुलेट न्युज

बाँके: बाँके जिल्ला सहित तराईका जिल्लामा मात्र नभएर पहाड र हिमालमा समेत आज बुधवारदेखी थप चिसो बढेको छ ।आज बुधबार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम मंगलबारभन्दा बढी देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले  दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस छ।

हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम बिहान ५:४५ को भन्दा घट्ने सम्भावना हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।

प्रतिक्रिया दिनुहोस्