बाँके: राप्ती सोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित १८ औँ राष्ट्रपति रनिङ शिल्ड तथा आठौँ राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्षकप एवं तेस्रो वडा स्तरीय आधारभूततह खेलकुद छनौट प्रतियोगितामा जनता मावि बैजनाथपुर प्रथम भएको छ।

आधारभूत तहमा एघार वटा इभेन्टमा जनता माविले ६ स्वर्ण ४ रजत १ कास्य प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ् । प्रतियोगितामा गणेश मावि ढकेरीले ५ स्वर्ण ६ रजत २ कास्य प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। त्यस्तै सेन्चुरी इ.मि विद्यालयले २ स्वर्ण २ रजत ३ कास्य सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ।











