काठमाडौ : नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा १० घण्टामा १ हजार २ सय मत खसेको छ।
मतदानका लागि साँझ ८ बजेसम्मको समय तोकिएको थियो। अब त्यसलाई बढाएर राति १० बजे पुर्याइने एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाले बताए।
२ हजार २ सय ६३ प्रतिनिधि छन्। एक जना प्रतिनिधिले सबै गरी ३ सय हारहारी पदका लागि भोट हाल्नुपर्छ। मतदान गर्न एक जना प्रतिनिधिलाइ सरदर ३० मिनेट लागिरहेछ।
अनि मत परिणाम?
थप गरिएको समय राति १० बजेसम्म मतदान सकिने हो वा हैन यकिन छैन। मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्ने छैन। ८० वटा मेसिनमा भएको मत संख्या जोडेर निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टामा मतपरिणाम अउने अपेक्षा छ।











