आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु – Buletnews
आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु
  • बुलेट न्युज

बाँके:  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ । आज दिउँसो राति देशभरको मौसम आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्