सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा बिरामीबाट संकलन भएको रकम बैंकमा समयमै दाखिला नहुँदा साढे २५ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको विशेष अदालतले ठहर गरेको छ।
अदालतका अनुसार अस्पतालभित्र सेवा शुल्क उठाउने र बैंकमा जम्मा गर्ने प्रक्रियामा देखिएको लापरवाही र मिलेमतोका कारण ठूलो रकम अस्पतालको खातामा नभएको ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुर्खेतको वीरेन्द्रनगरस्थित तत्कालीन क्षेत्रीय अस्पतालमा दुई शीर्षकअन्तर्गत २५ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गरेको हो।
अदालतका अनुसार अस्पतालमा प्रयोग भइरहेको डल्फिन सफ्टवेयरमार्फत संकलन भएको कुल ३४ लाख ३ हजार ८५७ रुपैयाँमध्ये स्वास्थ्य बिमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फको २४ लाख २ हजार ९० रुपैयाँ बैंक दाखिला भएको देखिएकाे छैन्।
त्यस्तै, अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदीले विभिन्न काउन्टरबाट डल्फिन सफ्टवेयरमार्फत संकलन भएको रकम बैंक दाखिला गराई अस्पतालको खाता दुरुस्त राख्नुपर्ने जिम्मेवारी पूरा नगरेको अदालतको ठहर छ।

कर्मचारीसँगको मिलेमतोमा शाहीले अस्पतालको आधिकारिक युजरनेम र पासवर्ड प्रयोग गरी संकलित रकम हिनामिना गरेको अदालतले निष्कर्ष निकालेको छ। अदालतले तीनै जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पुस १८ गते पेसी तोकेको छ।










