बाँके: राप्ती सोनारी ८ शमशेरगञ्जमा अवस्थित आराधना ए.जी मण्डलीले क्रिसमस डेको अवसरमा वार्षिक उत्सव मनाएको छ।
उक्त कार्यक्रमबाट ईसाई धर्म मान्ने जेष्ठ नागरिक बुबाआमा र एकल महिलाई तातो कपडा समेत वितरण गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न प्रकारका नृत्य ,नाच, खेलकुद समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री माननीय कृष्ण केसी नमुना, राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिकराम डाँगी, उद्योग वाणिज्य सङ्घका उपसचिव मोहन गौतम अतिथिहरूको उपस्थित रहेको थियो भने पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री कृष्ण केसी नमुना र वडा अध्यक्ष शालिकराम डाँगीलाई सम्मान समेत गरिएको थियो।











