बाँके: अत्यधिक चिसोसँगै शीतलहरका कारण राप्ती सोनारी गाउँपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । शीतलहर चलेसंगै अत्यधिक चिसो बढेपछि भोलि बुधवारदेखि जाडो बिदा दिइएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिए ।
चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि गाउँपालिकाका सबै विद्यालयमा भोलिदेखि पुस १८ गतेसम्म सार्वजनिक बिदा दिइएको खड्काले बताए ।
पुस लागेसंगै बाक्लो कुहिरो र शीतलहरले बाँकेको जनजीवन प्रभावित भएको छ । चिसोले वृद्ध बृद्दा र बालबालिका बढी प्रभावित हुने गरेका छन ।











