बाँके: राप्ती सोनारी ९ ढकेरीमा अवस्थित बैंककोटेश्वर गौशालामा रहेका गाई गोरु मर्ने क्रम रोकिएको छैन। पछिल्लो समय गाईगोरु मर्ने क्रम नरोकिको भन्दै स्थानीय पत्रकार भुवन थापाले रिपोर्टिङ क्रममा गौशालाका जिम्मेवार व्यक्तिलाई ध्यानाकर्षण गराउदै जवाफदेहिता र जिम्मेवार बन्न गौशालाका जिम्मेवारी व्यक्तिलाई बारम्बार झक झकायपनि कुनै सुनुवाई नगरेको पत्रकार थापा बताउछन ।
गाई गोरु मर्ने क्रम नरोकिएता पनि मृत गाई गोरुहरुलाइ सही ठाउँमा अन्त्येष्टि नगरी जथाभावी फालिएको हुँदा स्थानीयहरू आक्रोशित हुँदै आइरहेका छन। गौसलामा लापरवाही भइरहेको हुँदा गौसलाका जिम्मेवार व्यक्तिहरूले गाई गोरुहरूको संरक्षण गर्न सकेका छैनन् भन्दै उनिहरुले राजीनामा दिनुपर्ने स्थानियकरुको माग छ ।











