एन्फाको चुनावी साधारणसभा २८ माघमा – Buletnews
एन्फाको चुनावी साधारणसभा २८ माघमा
  • बुलेट न्युज

पङ्कज नेम्वाङको नेतृत्वमा रहेको एन्फाको वर्तमान कार्यसमितिको चारबर्से कार्यकाल असार ६ गतेसम्म रहेको छ। नेम्वाङको कार्यसमिति सन् २०७९ असारमा निर्वाचित भएको थियो। एन्फा विधान  अनुसार प्रतिकूल समयमा कार्यसमितिको कार्यकाल छ महिना लम्ब्याउन सकिने प्रावधान पनि छ।

एन्फाले चुनाव गर्नुपर्ने असारमा फिफा विश्वकप फुटबल प्रतियोगिता पर्ने भएकाले अर्ली इलेक्सनको निर्णय गरेको बताएको छ। सो चुनाव झापामा हुने छ। एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चारबर्से कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए तर एन्फा नेतृत्वले बहुमतका आधारमा अग्रिमनिर्वाचनमा जाने निर्णय ग¥यो।

यसै गरी एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्नका लागि आठमध्येमा सङ्घको लेखा परीक्षण तथा अनुपालक समितिको सिफारिसबमोजिम सुबोध एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्