बर्दियामा चितुवाको आक्रमणबाट दुई जना घाईते – Buletnews
यो बर्ष मात्र ६ जनाको मृत्यु
बर्दियामा चितुवाको आक्रमणबाट दुई जना घाईते

पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै

  • बुलेट न्युज

गुलरिया:  बर्दियामा चितुवाको आक्रमणबाट आज बिहिवार बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका-६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाईते भएका हुन ।

मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाटोमा हिँडिरहेको समयमा सडक किनारमा रहेको जनजागृति सामूदायिक वनबाट आएको चितुवाले आक्रमण गरेको हो ।

घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए । बारबर्दिया नगरपालिका–६, मनिकापुरमा बिहीबार बिहान करिब साढे ७ बजे चितुवाको आक्रमणमा दुई जना घाइते भएका छन् । मनिकापुरस्थित नगर अस्पतालनजिकै घटना भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । करिब १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्