कोइला बालेर सुत्दा बालकको मृत्यु, घाईतेको भेरीमा उपचार हुदै – Buletnews
कोइला बालेर सुत्दा बालकको मृत्यु, घाईतेको भेरीमा उपचार हुदै

भेरी अस्पतालमा उपचार भइरहेका घाईतेहरूको अवस्था सामान्य हुँदै

  • बुलेट न्युज

बाँके:  सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक शिशुको ज्यान गएको छ । अरू तीन जना बेहोस भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा १२ बिरुवाबारीमा भाडामा बस्ने गोपी बुढाको कोठामा ३८ दिनको शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै भेरीगङ्गा नगरपालिका–२ का स्थायी बासिन्दा गोपीकी श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निस्सासिएर बेहोस अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।

भेरी अस्पतालमा उपचार भइरहेका उनीहरूको अवस्था सामान्य हुँदै गएको छ । बिहान अबेरसम्म कोठाबाट कोही पनि बाहिर नआएपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भइ घटना भएको प्रारम्भिक अनुमान छ । गोपी बुढा भने कामकाे सिलसिलामा बाहिर रहनुभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्